शेयर बजारमा एकपछि अर्को रेकर्ड : एकै दिन १३ अर्बको कारोबार


१० जेष्ठ २०७८, सोमबार
Share Market

काठमाडौं, १० जेठ । शेयर बजारमा एकपछि अर्को रेकर्ड बनिरहेको छ । शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि हुँदा पुनः नयाँ उचाइमा पुगेको छ । साताको दोसो दिन सोमबार बजार परिसूचक नेप्से ३.०५ अंकले वृद्धि भएर २८२३.०५ अंकमा बन्द भएको छ । आइतबार दोहोरो अंकले बढेर २८२० अंकमा बन्द भएको नेप्सेले आज आइतबारको उक्त रेकर्ड तोडेको हो ।

बजार परिसूचक सँगै कारोबार रकमले पनि कीर्तिमान बनाएको छ । गत बुधबार ११ अर्ब १९ करोडको कारोबार भएको बजारमा आज उक्त रेकर्डले तोड्दै १३ अर्ब १७ करोड ५३ लाख ५३ हजारको कारोबार भएको छ । सोमबार प्रि–ओपन सेसनमा नै २० अंकले बढेर २८४०.२१ अंकमा खुलेको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा २८५०.७३ अंकसम्म पुगेको थियो ।

यस्तै बजार परिसूचकले २८०७.३३ अंकले तल्लो बिदु कायम गर्दा बजार परिसूचकमा दिनभर उतारचढाव कायम रह्यो । सोमबार बजारलाई लिड गर्ने बैंकिङ सँगै हाइड्रोपावर, निर्जीवन बिमा, म्युचुअल फन्ड र लगानी उपसूचकमा वृद्धि हुँदा अरु उपसूचमा भने करेक्सन देखिएको छ ।

निर्जीवन बिमा उपसूचक सर्वाधिक १.३९ प्रतिशतले बढ्दा लगानी उपसूचक पनि १.३७ प्रतिशतले बढेको छ । यस्तैं हाइड्रोपावर उपसूचक ०.१८ प्रतिशत र बैंकिङ उपसूचक ०.२२ प्रतिशतले बढेको छ । गत साता र आइतबार उच्च दरमा बढेको विकास बैंक उपसूचक र वित्त कम्पनी उपसूचक भने सोमबार करेक्सन भएको छ । विकास बैंक उपसूचक ०.९६ प्रतिशतल े ओरोलो लाग्दा वित्त कम्पनी उपसूचक सर्वाधिकक २.२ प्रतिशतले ओरालो लागेको छ ।

देशभर जारी निषेधाज्ञाले गर्दा व्यापार वयवसाय तथा घरजग्गाको कारोबार अहिले ठप्प रहेको छ । यस्तो अवस्थामा सेयर बजारमाबट पैसा बाहिरिने क्षेत्र नहुँदा शेयर बजार दिनानु दिन नयाँ नयाँ रेकर्ड बन्दै गएको धितोपत्र दलनल व्यवसायी नरेनद सिजापति बताउँछन् ।

निषेधाज्ञा शुरु हुनु अगाडि कारोबार रकम र बजार परिसूचकको ट्रेन्ड तथा अहिलेको ट्रेन्ड फरक रहेको छ । अहिले घर जग्गाका कारानेबार ठप्प छ । शेयर बजारमा लगानी गर्ने लगानकिर्ताले रिर्टन पनि पाइरहेका छन् । जसले गर्दा शेयर बजारमा रौनकता छाएको छ । अन्य आर्थिक गतिविधि तत्काल नबढ्ने देखिँदा राजनीतिक अन्यौलतामा पनि लगानकिर्तामा भने कन्फिडेन्ट बढेको छ । पछिल्लो समय लगानीकर्ताको रोजाइमा बैंकिङ क्षेत्र परेको छ । तर आज भने निर्जीवन बिमामातर्फ लगानीकर्ता मोडिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७