नेपाली फुटबल टिम इराक प्रस्थान


११ जेष्ठ २०७८, मंगलवार
Nepali football team

काठमाडौं, ११ जेठ । इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली फुटबल टिम बुधबार इराक प्रस्थान गरेको छ । फिफाको सहयोगमा कतार एयरवेजको चार्टडबिमानबाट नेपाली टिम इराक प्रस्थान गरेको हो ।

नेपाली टोलीलाई अन्तराष्ट्रिय बिमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विदाई गरे । जेठ १५ गते अर्थात शनिबार हुने मैत्रीपुर्ण खेलका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको हो । इराकसँगको मैत्रीपुर्ण खेलपछि नेपाली टिम आइतबार कुवेत प्रस्थान गर्नेछ । यो टुरका लागि जान लागेको टिमका २३ खेलाडी र १२ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

इराक प्रस्थान गर्नुअघि राखेप सदस्य सचिव एवं नेपाली टोलीका अफिसियल रमेश सिलवालले नेपाली टोलीको हौसला बढाउन आफु पनि नेपाली टिमसंग जान लागेको बताए । उनले नेपाली फुटबलको समृद्धिका लागि भ्रमण राष्ट्रका फुटबल निकायसंग पनि छलफल गर्ने जनाए ।

नेपालले इराकसँगको मैत्रीपुर्ण खेलपछि फिफा विश्वकप छनौट खेल्नेछ । जसमा नेपालले जुन तीन अर्थात जेठ २० गते चाइनीज ताइपेइसँग जुन सात अर्थात जेठ २५ गते जोर्डन र जुन ११ अर्थात जेठ २८ गते अष्ट्रेलियासँग छनौट खेल खेल्नेछ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसपटक प्रशिक्षक अब्दुल्लाहले टिममा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७