सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौता


११ जेष्ठ २०७८, मंगलवार
czbil1621943527

काठमाडौं, ११ जेठ । सिटिजन्स बैंकले बिराटनगरमा प्रधान कार्यालय रहेको ग वर्गको सिर्जना फाइनान्सलाई प्राप्ती गर्नेगरी अन्तिम सम्झौता भएको छ।

अन्तिम सम्झौता पत्रमा बैंकको तर्फबाट संचालक तथा मर्जर÷प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र फाइनान्सका तर्फबाट संचालक तथा मर्जर÷प्राप्ति समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गरे।

सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउनेछन्। सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ।

अब आ–आफ्नो विशेषरसाधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चत एकीकृत कारोबार हुने बैंकले जनाएको छ। यसै आर्थिक वर्षभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ।

यसअघि दुवै पक्षले माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। २०७८ साल जेठ ९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ।

प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ। हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा २७ वटा शाखा हुनेछन्।

बैंकले सातवटै प्रदेशमा आफ्नो बलियो उपस्थिति बनाउँदै लगेको छ। यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ। बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढेको हो।

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने बैंकको दावी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७