एउटा सुनसान अस्पताल


१२ जेष्ठ २०७८, बुधबार
pashupati homopathy hospital

काठमाडौं, १२ जेठ । केन्द्रीय अस्पतालका रूपमा रहेको हरिहर भवनस्थित पशुपति होमियोप्याथिक सुनसान प्रायः छ । आइतबार दिउँसो पुग्दा फाट्टफुट्ट बिरामी देखिन्थे । यतिबेला अन्य अस्पताल भीडभाड भइरहँदा यहाँ भने खासै धपेडी छैन ।

कोभिड–१९ बीच वीर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्सक २४सैं घण्टा व्यस्त छन् । तर, यो अस्पतालमा न बिरामी चाप छ, न त पर्याप्त चिकित्सक । सरकारले केन्द्रीय अस्पताललाई ‘कोभिड डेडिकेटेड’ सूचीकृत गरे पनि पशुपति होमियोप्याथिक अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नजरमा पर्न सकेको छैन ।

‘सक्दो लागिरहेका छौं तर सरकारको प्राथमिकतामा यो अस्पताल पर्न सकेको छैन,’ अस्पतालका सी अहेब बामदेव अर्याल स्वयं गुनासो गर्छन्, ‘सरकारले यो अस्पताललाई प्राथमिकतामा राख्नुपर्ने हो तर दरबन्दी निकै न्यून छ । हामी १७ कर्मचारी मात्रै छौं ।’ उपचार विधि फरक भए पनि होमियोप्याथिक पद्दतिबाट समेत कोरोना उपचार सफल र प्रभावकारी पाइएको विभिन्न अनुसन्धानले समेत देखाएका छन् ।

अस्पतालले ‘कोभिड डेडिकेटेड’ बनाउन आग्रह गरे पनि स्वास्थ्य मन्त्रालयले चासो नदिएको पाइएको छ । ५० शैंयासहितको कोभिड डेडिकेटेड बनाउने अस्पतालको योजना छ । मन्त्रालयले केही दिनअघि अनुगमन गरेको थियो । तर, कुनै जवाफ आएको छैन । अल नेपाल होमियोप्याथिक एसोसियसन महासचिव डा. रामहरि श्रेष्ठका अनुसार मन्त्रालयले अस्पताल व्यवस्थित गर्न कुनै योजना अघि सारेको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७