विश्वकप छनौट क्रिकेटको ट्रफी सार्वजनिक


१४ फाल्गुन २०७४, सोमबार
1519623847truphyy

काठमाण्डौं, १४ फागुन : आउँदो फागुन २० गतेबाट शुरु हुने आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । जिम्बाबेको हरारेमा आयोजना हुने बिश्वकप छनोट क्रिकेटका लागि ट्रफी सार्वजनिक गरिएको हो । जिम्बावेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरेका हुन् ।1519623847truphyy

ट्रफी सार्वजनिक समारोहमा प्रतियोगितामा सहभागी हुने १० राष्ट्रका कप्तान सहभागी थिए । ट्रफी सार्वजनिक कार्यक्रमपछि आयोजित रात्रीभोजमा प्रतियोगितामा सहभागी सबै मुलुकका खेलाडीलाई सहभागी गराइएको थियो ।
प्रतियोगिता अघि भोलि (मंगलबार) बाट वार्म अफ म्याच शुरु हुनेछ भने पहिलो दिन भोलि ५ वटा अभ्यास खेल हुनेछन् ।

नेपालले चीर प्रतिद्वन्द्वी युएईसँग अभ्यास खेल खेल्दा आयोजक जिम्बावेले आयरल्याण्ड, वेष्ट ईन्डिजले अफगानिस्तान तथा हङकङ र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै पपुवा न्यूगीनी र स्कटल्याण्डले पनि भोलि नै वार्म अफमा प्रतिष्पर्धा गर्नेछन् । सबै खेल नेपाली समयानुसार दिउँसो सवा १ बजे शुरु हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७