गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पताल भर्ना


१५ जेष्ठ २०७८, शनिबार
Deep Shrestha

काठमाडौं, १५ जेठ । वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ । शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।

deep hospital
ह्याम्स अस्पतालमा गायक दीप श्रेष्ठ। तस्बिर : द भ्वइस अफ नेपाल

द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ : महागुरु कोच दीपलाई शिघ्र स्वस्थ लाभको कामना ! स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनु भएका महागुरु हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड देखिएपछि उहाँ अहिले यो रोग सँग जुधिरहनु भएको छ । सधैं हामीलाई आत्मबल दिने संगीतका जीवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ । गायक श्रेष्ठलाई निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७