ढलेको धरहरा उठेसँगै सबैको आत्मविश्वास बढेको छ : अर्थमन्त्री


१५ जेष्ठ २०७८, शनिबार
poudel

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले भूकम्पबाट ढलेको धरहरा उठेसँगै सबैको आत्मविश्वास बढेको दाबी गरेका छन् । शनिबार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वर्षौंदेखि बन्न नसकेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा रहेको पनि बताए ।

बजेट भाषण शुरु गर्नुअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक अनुअघि कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्ली व्यक्त गरेका हुन् ।

मन्त्री पौडेलले कोरोना महामारीको दोस्रो लहरका कारण चूनौतीहरु थपिएको बताए । उनले संक्रमणको जोखिम कायम रहने अवधि र प्रभाव एकिन नभएकाले संकटको समयमा प्रत्येक नेपालीको जीवनरक्षालाई सरकारले प्राथमिकता दिएको बताए ।

उनले महामारीको विचमा पनि स्वास्थ्य सतर्कता अपनाउदै आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिवद्ध रहेको पनि बताए । संसद् विघटन भएकाले सरकारले अध्यादेश मार्फत आगामी आथिर्क वर्षका लागि बजेट ल्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७