२०८८ सालसम्म डिजेल–पेट्रोलबाट चल्ने सवारीसाधन विस्थापित गर्ने रणनीति अपनाइने


१५ जेष्ठ २०७८, शनिबार
petrol line

काठमाडौं, १५ जेठ । सरकारले २०८८ सालसम्म डिजेल–पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने रणनीति अपनाउने बताएको छ ।

आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विक्रम संवत २०८८ सालसम्म डिजेल–पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने र विद्युत सवारीको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए ।

सरकारले प्रदूषण नियन्त्रणका लागि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्रीवितरणमा आगामी साउन १ गतेदेखि रोक लगाउने बताएको छ । यस्तै, फेवाताल वरिपरि वातावरणमैत्री साइकल लेन विकास गरिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७