मनमोहन अधिकारी सरकारले १ सयबाट सुरु गरेको वृद्धभत्ता अब मासिक ४ हजार


१५ जेष्ठ २०७८, शनिबार
Budget nepal sarkar for senior citizens scaled 1

काठमाडौं, १४ जेठ : तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एकल कम्युनिस्ट नेतृत्वको पहिलो सरकारले सुरु गरेको वृद्धभत्ता अब मासिक चार हजार पुगेको छ । एमाले सरकारका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१ ५२ को बजेट भाषणमा पहिलोपटक नेपालमा वृद्धभत्ताको नीति सुरु गरेका थिए ।

Bharat Mohan Adhikari 2
वृद्धभत्ता सुरु गर्ने तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारी ।

शुरूमा वृद्धभत्ता पाउने उमेर ७५ तोकिएको थियो भने मासिक भत्ता जम्मा एक सय रुपैयाँ पाउने व्यवस्था सुरु गरिएको थियो । सुरुमा नेपाली कांग्रेसल यो भत्ताको बिरोध गरेपनि आर्थिक वर्ष २०५६/५७ कांग्रेसको सरकारले १०० रुपैयाँको वृद्धभत्तालाई १५० रुपैयाँ पुर्‍याएको थियो। तत्कालीन अर्थमन्त्री महेश आचार्यले वृद्धभत्ता बढाएका थिए।

फेरि ०६१/०६२ मा भरतमोहन अधिकारी अर्थमन्त्री भएको बेला १७५ पुगेको थियो । २०६२/६३ को जनआन्दोलनपछि २०६४ भएको आम निर्वाचनपछि पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारकाअर्थमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्तालाई १७५ रुपैयाँबाट एकैपटक ५ सय रुपैयाँ पुर्‍याएका थिए ।

२०७२ सालमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले ५ सय रुपैयाँबाट १००० रुपैयाँ पुर्‍याएको थियो। अर्थमन्त्री डा. रामशरण महत थिए । यसअघि अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट डा. युवराज खतिवडाले एक हजारले बढाएर मासिक तीन हजार बनाएका थिए। यस्तै, विष्णु पौडेलले पनि आव २०७४/७५ को आफ्नो पहिलो बजेटबाट यो भत्ता एक हजार रुपैयाँले नै बढाएर मासिक दुई हजार पुर्‍याएका थिए।

करिब २१ बर्षपछि सरकारले वृद्धभत्ता ४ हजार पुर्‍याएको छ। अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धिगरी ४ हजार पुर्‍याएको जानकारी दिएका हुन् । २०५१मा सुरु गरिएको उमेर हद ७५ वर्षबाट क्रमशः ७०, ६५ हुँदै ६० वर्षसम्म आइपुगेको छ । शुरूमा वृद्धभत्ता पाउने उमेर ७५ तोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७