नेपाल र इराकबीच खेल हुँदै (LIVE)


१५ जेष्ठ २०७८, शनिबार
nepvsirak1

काठमाडौं, १५ जेठ । नेपाल र इराकबीच अहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भइरहेको छ। नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।
इराकको बसरामा भइरहेको खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले नेपाली टिममा डेब्यू गरेका छन्।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका छन् । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४–३–३ को रणनीतिमा उतारेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानीमा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडीले नै निरन्तरता दिएका छन् । विंगब्याकमा गौतम र सुमन अर्यालले खेलिरहेका छन् । विकास खवास र दीनेश राजवंशी विकल्पमा छन् ।

मिडफिल्डमा रक्षात्मक भूमिकामा पुजन उपरकोटी रहेका छन् । सन्तोष तामाङ र मनिष डाँगीले उनलाई साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट, सुमन लामा र नवयुग श्रेष्ठले खेल्नेछन् । विशाल राईसँगै एरिक विष्ट, सुरज ठकुरी र कमल थापा विकल्पमा छन् । आयुष घलान पनि बेन्चमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७