युवा तथा खेलकुद क्षेत्र : प्रतिभावान खेलाडीको पहिचान गर्न बजेट (भिडियो)


१६ जेष्ठ २०७८, आईतवार
sports budget scaled

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेश मार्फत नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न बजेट बिनियोजन गरिएको बताए ।

झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगाएतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए । यसैगरी पोखरा रंगशाला निर्माण कार्य पुरा गरिने र खेल क्षेत्रबाट विदा भएका खेलाडीहरुलाई सहुलियतमा ऋण उपलव्ध गराउने मन्त्री पौडेलले बताए ।

आगामी वर्ष पोखरा रंगशाला निर्माण कार्य सम्पन्न गरिनेछ । सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ । धनगढी, विरेन्द्रनगर, नेपालगंज, विरगंज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडी बढाइनेछ । त्यस्तै हरेक स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिनेछ । आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माण गर्न रकम छुट्टयाइएको छ ।

खेलकुद विद्यालयको सम्भाव्यताबारे पनि अध्ययन गरिनेछ । यस्तै नेपालको अन्तर्राष्ट्रिय सहभागिता बढाउने र सम्भावना बोकेको खेललाई प्रोत्साहन गरिने मन्त्री पौडेल बताए ।

त्यस्तै हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटन मार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७