चितवनमा राममन्दिर बनाइने


१६ जेष्ठ २०७८, आईतवार
Bisnuprasad paudel 1

काठमाडौं, १६ जेठ । सरकारले चितवनको अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन गरेको छ । तर, यसै क्षेत्रमा घरबारविहीन अवस्थामै रहेका चेपाङ समुदायका लागि सरकारले कुनै कार्यक्रम ल्याएन ।

बजेटमा चितवनको रत्ननगरमा कृषि थोकबजार स्थापना गरिने, पथलैया–नारायणढ सडक विस्तार गर्ने, नारायणगढ–बुटवल सडक विस्तारलाई तीव्रता दिने उल्लेख छ ।

नारायणी नदीमा सिग्नेचर ब्रिजले प्रतिस्थापन गर्ने, नारायणी नदीमा पानीजहाज सञ्चालन गर्न टर्मिनललगायत पूर्वाधार निर्माण गर्ने, हुलाकी राजमार्ग विस्तार, पुल र राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खण्डको पुनः रेखांकन गरी निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ ।

समृद्ध तराई मधेस सिँचाइ विकास कार्यक्रम चितवनमा पनि लागू गर्ने, पृथ्वी राजमार्गको मझिमटारदेखि शक्तिखोरसम्म सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ । यस्तै, भरतपुर विमानस्थलको विस्तार एवं स्तरोन्नति गर्न पनि रकम विनियोजन गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७