नियान्डर्थल मानव कलाकार पनि थिए
काठमाडाैं, १४ फागुन(बिबिसि) । उनीहरू निर्मम थिए भन्ने परम्परागत मान्यताविपरीत नियान्डर्थल मानवहरू कलाकार भएको सङ्केत प्राप्त भएको छ । ‘साइन्स’ जर्नलमा प्रकाशित एउटा शोधका अनुसार आधुनिक मानव युरोपमा पुग्नुभन्दा २०,००० वर्षअगाडि नै ती आदिमानवले स्पेनका गुफाहरूमा चित्र कोरेका थिए ।
उनीहरूले रङ्ग्याइएका सिपीहरू गहनाका रूपमा प्रयोग गरेको हुनसक्ने देखिएको छ। कला ‘होमो सेपिएन्स’ अर्थात् आधुनिक मानव प्रजातिको विशेषता हो भन्ने पुरानो मान्यता थियो । गुफामा पाइएका चित्रहरूमा नियान्डर्थल मानवका हत्केलाका छाप, ज्यामितीय आकृतिहरू र राता वृत्तहरू छन्।
ला पासिएगामा भेटिएको र्भयाङजस्तो देखिने यो चित्र ६४,००० वर्ष पुरानो हो ती चित्रहरू ७०० किलोमिटरभित्र रहेका ला पासिएगा, माल्ट्राभिएसो र आर्दालसमा पाइएका हुन् ।
शोधकर्ताहरूले ुयुरेनिअम(थोरिअम डेटिङु विधि प्रयोग गरेर ती चित्रहरू बनाइएको समय निर्धारण गरेका हुन् । यो विधिले चित्रमाथि बनेका खनिज पदार्थको पत्रमा रेडिओधर्मी क्षयपश्चात् बाँकी रहेको युरेनिअमको मात्रा मापन गरिएको थियो । यसो गर्दा ती गुफा चित्र कम्तीमा ६५,००० वर्ष पुराना भएको निष्कर्ष निस्कियो। आधुनिक मानवहरू भने युरोपमा लगभग ४५,००० वर्षअगाडि मात्र पुगेका हुन् ।
यसको अर्थ के हुन्छ भने ती पुरापाषाणयुगीन कला आधुनिक मानवको नातेदार नियान्डर्थल आदिमानवहरूले बनाएका हुन् । त्यति बेला उनीहरू मात्रै युरोपमा बस्दथे । तर शोधकर्ताहरूले ती आदिमानवहरूले बनाएका कलामा अमूर्त अभिव्यक्ति मात्र भेटेका छन् ।
उक्त शोधका सहलेखक एवम् साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक आलिस्टर पाइकले भने, ‘उन्नाइसौँ शताब्दीमा उनीहरूको जीवावशेष पहिलोचाटि भेटिएदेखि नै नियान्डर्थलहरूलाई क्रूर र असभ्य, कलाहीन र सङ्केत गर्न असक्षम भनेर चित्रित गरिएको थियो। र यीमध्ये केही धारणा आज पनि कायम छन् ।’
जिब्रल्टरमा सन् २०१४ मा भेटिएको भित्तामा खोपिएको आकृति पनि नियान्डर्थलले बनाएको विश्वास गरिन्छ । ‘नियान्डर्थलहरूको आचरण कत्तिको मानवको जस्तै थियो भन्ने विषयमा गम्भीर बहस भएको छ। हाम्रो शोधको निष्कर्षले त्यो बहसमा महत्त्वपूर्ण योगदान र्पुयाउने छ ।’
यो शोधमा संलग्न नभएका लन्डनको न्याचुरल हिस्ट्री म्युजिअमका प्राध्यापक क्रिस स्ट्रिङ्गरका अनुसार नियान्डर्थलले बनाएका भन्ठानिएका सङ्केतबारे पहिला गरिएका केही टिप्पणीहरूमा समयबारे अन्योल थियो । अथवा ती नियान्डर्थल र आधुनिक मानवको सहअस्तित्व भएको समय अर्थात् ४०(६० हजार वर्षअगाडिका थिए । ‘अर्थात् ती सङ्केतहरूको श्रेय आधुनिक मानवलाई अथवा आधुनिक मानवको नियान्डर्थलमाथिको प्रभावलाई दिन सकिन्छ ।’
स्ट्रिङ्गरका अनुसार यो नयाँ शोधले नियान्डर्थल साङ्केतिक वा कलापूर्ण अभिव्यक्ति गर्न समर्थ थिए भन्ने स्पष्ट पार्छ । उनले भने, ‘नियान्डर्थल र हाम्रा आचरणमा हुने भन्ठानिएको अन्तर थप साँघुरिएको छ ।’ तर उनीहरूले बनाएको मानिस वा पशुहरू नै देखिने कुनै लाक्षणिक कलाको स्पष्ट उदाहरण नभएको भनेर तर्क भने गर्न सकिएला, उनले भने ।
प्रा पाइकले बीबीसीलाई बताए, ‘अर्को महत्त्वपूर्ण प्रश्न के हो भनेस् के नियान्डर्थलहरूले लाक्षणिक कला बनाउँथेरु हामीले हत्केलाको छाप पायौँ, हामीले प्रशस्तै राता थोप्लाहरू पायौँ र हामीले यी रेखाहरू पायौँ। हामी उनीहरूले सिकार गर्ने पशुहरूको चित्र छ कि भनेर जान्न चाहन्छौँ ।’