लण्डनमा दर्शकलाई ‘लकडाउन’ को अनुभवबाट बाहिर ल्याउन आर्ट ग्यालरी र कलाकारको कोशिस


१६ जेष्ठ २०७८, आईतवार
cover1622313575

काठमाडौं, १६ जेठ । ‘लकडाउन’का कारण लामो समय बन्द रहेका लण्डनका आर्ट म्युजियम तथा ग्यालरीहरु विस्तारै खुल्न थालिसकेका छन् । टेट मोर्डन, भी एन्ड भी र द रोयल एकेडेमीलगायतले करिब एक वर्ष अनलाइनमै सीमित भएका कला, कलाकार र दर्शकलाई उनीहरुको पुरानै अनुभवमा फर्काउन विभिन्न कन्टेम्प्लेटिभ र रिफ्लेक्टिभ कला प्रदर्शनीहरु सञ्चालन गरिरहेका छन् ।

‘वास्तविक वस्तुको अनुभव दिन सक्ने कुनै चिज हुँदैन’, आफ्नो नियमित कला फिक्सनबाट लामो समय टाढा रहेकी गोल्डस्मिथ युनिभर्सिटीकी कला मनोवैज्ञानिक रेबेका चेम्बरलेन भन्छिन् । ‘कलाकारहरुले छोएका कलाकृतिहरुसँग शारीरिक (प्रत्यक्ष) रुपमा नजिकिनु एउटा विशेष अनुभव हो र सार्वजनिकस्थलमा तिनीहरुको अवलोकन गर्नु भनेको कल्याणकारी हो, जुन तपाईँले घरमा बसेर फ्ल्याट स्क्रिनमा हेरेर प्राप्त गर्नु हुन्न’, उनले प्रस्ट्याइन् ।

pic 1

प्रायः ग्यालरीहरुले प्रदर्शनीमा आगन्तुकको चापलाई कम गर्न बुकिङ समयको स्लट देखाएर पूर्व बुकिङको व्यवस्था पनि गरेका छन् । जसले गर्दा अवलोकनकर्ताले खुला ठूलो कोठामा बसेर कला अवलोकनको मज्जा लिन र कलाकारसँग अन्तरक्रिया गर्न सक्छन् ।

अझै पनि ग्यालरीको वातावरणमा पुनः प्रवेश गर्न हिचकिचाउनेलाई ग्यालरीले के–के व्यवस्था र सुविधाहरु दिइरहेका छन् हेरेर आफू तयार भएर आउन कला मनोवैज्ञानिक चेम्बरलेन सुझाव दिन्छिन् । अवलोकनकर्तामा तनाव कम गर्न र कला अवलोकनको मुड ल्याउन लण्डनकै ग्यालरी किउले कला प्रदर्शनीका साथै योग र ‘फोरेस्ट बाथिङ’को व्यवस्था मिलाएको छ ।

यति हुँदाहुँदै पनि तपाई ग्यालरीेमा गएर कला अवलोकन गर्ने मनस्थितिमा अझै हुनु हुन्न भने धेरै कला संस्थाहरुले उनीहरुको प्रदर्शनीहरु अनलाइनमा पनि राखेका छन् । आरामदायी होस् वा चुनौतीपूर्ण कलाले ‘कलाकारसँग जोडिने’, ‘संसारसँग घुलमिल हुने’ र ‘हामीलाई कम एक्लो महसुस गराउने’ चेम्बरलेन मान्छिन् ।

कुन ग्यालरीमा कस्तो र कसको कला प्रदर्शनी ?
रोयल एकेडेमीमा कलाकार डेभिड हक्नीले वसन्त भित्र्याइसकेका छन् । फिगरेटिभ कलाकारले ग्यालरीलाई बेकी पिन्क, चम्किलो पहेंलो र फ्लोरोसेन्ट हरियो रङले सजाएका छन् । उनले गत वर्ष एक्लै फ्रान्सको नोर्मान्डीमा रहेको आफ्नो बगैंचाबाट वसन्त ऋतुलाई क्यानभासमा उतारेर अहिले लण्डनको रोयलमा भित्र्याएका हुन् ।

pic 2

लकडाउनमा आफ्ना साथीहरुलाई खुसी दिन उनले आफ्नो आइप्याडमा डिजिटल रुपमा उतारेका ती चित्रहरुलाई अहिले ठूला क्यानभासमा उतारेर प्रदर्शनीमा राखेका हुन् । उनको यो प्रदर्शनी २०२१ सेप्टेम्बर २६ सम्म चल्नेछ ।

प्रत्यक्ष अवलोकनको मज्जा फैलाउने अर्का कलाकारमा चित्रकार, मूर्तिकार र सेरेमिस्ट जोन मिरी हुन् । जोनको ५० कलाकृतिहरु अहिले न्युल्यान्ड्स हाउस ग्यालरीमा प्रदर्शनीमा राखिएका छन् । यी कलाकृतिहरुमार्फत कलाकारको लामो र फलदायी कला यात्राको अवलोकन गर्न सकिन्छ । प्रदर्शनी २०२१ जुलाईको अन्तिमसम्म जारी रहनेछ । भी एन्ड ए ग्यालरी प्रवेशद्वारमै आकर्षक कला उभ्याइएको छ । यहाँ तपाई अरु ग्यालरीमा जस्तो ढोकाबाट भित्र छिर्नुु हुन्न । यहाँको प्रवेशद्वारदेखि हरेक कोठा लुइस क्यारोलको ‘वन्डरल्यान्ड’ पुस्तकमा भएका पात्र र वस्तुहरुसँग सम्बन्धित छन् ।

प्रदर्शनीको मुख्य आकर्षणमा फोटोग्राफर टिम वाल्करले सन् २०१७ एलिस एडभेन्चर्सको वन्डरल्यान्डको रोयल ब्यालेटमा लगाएको पहिरनमा मोडल नाओमी क्याम्पबेल र एड्ओ अबोआहका फोटोग्राफीहरु छन् । यो कला प्रदर्शनी अवलोकन गर्न अवलोकनकर्ताले २०२१ डिसेम्बर २१ सम्म ग्यालरी भ्रमण गर्न सक्छन् ।

pic 3

एलिसको वन्डरल्यान्डको सबैभन्दा ठूला प्रशंसकमध्ये जापानी कलाकार यायोई कुसामा पनि पर्छन् । टेट मोर्डनमा उनको नयाँ शोमा दुई नयाँ उदाउँदो अनुभवहरु प्रस्तुत गरिएको छ । हजारौं साना एलईडी लाइट र ऐना र पानीको संगम त्यो कोठामा प्रवेश गर्ने जो कोही पनि ताराहरुको ग्यालेक्सीमा प्रवेश गरेको अनुभव गर्नेछन् । उनको प्रदर्शनी आउँदो जुन १२ सम्म जारी रहनेछ ।
(ऐना बेली/बीबीसी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७