जापानमा संकटकालको अवधि थप तीन हप्ता लम्बियो


१६ जेष्ठ २०७८, आईतवार
japan VEcnacNA92
@ƒ}ƒXƒNŽp‚Œʋ΂·‚él‚½‚¿‚V“úŒß‘OA‚i‚qV‹´‰w‘O

काठमाडौं, १६ जेठ । जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।

त्यहाँका रेस्टुरेन्टहरुलाई जाँडरक्सी बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ । यस्तै, स्वास्थ्य सावधानीका लागि विद्यालय बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमलाई पालना गर्नुपर्ने छ ।

जापानमा अहिलेसम्म सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने १२ हजार ८१९ जनाको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७