संवैधानिक इजलासमा बहस जारी, न्यायाधीशबारे आज पनि उठ्यो प्रश्न


१६ जेष्ठ २०७८, आईतवार
thumb 10

काठमाडौं, १६ जेठ । राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध १४६ सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि संवैधानिक इजलासमा बहस शुरु भएको छ ।

संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति समक्ष बहुमत प्रस्तुत गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने र विघटित प्रतिनिधि सभा पुनःस्थापना गरिनुपर्ने माग गर्दै १४६ सांसदले सर्वोच्च अदालतमा रिटमा दायर गरेका थिए ।
यसअघि शुक्रबार ८ रिटमाथि बहस भएको थियो । नियमित संवैधानिक इजलासमा संसद् विघटन सम्बन्धमा परेका ८ रिटमा बहस हुँदाहुँदै न्यायाधीश बमकुमार श्रेष्ठप्रति प्रश्न उठाइएपछि बहस रोकिएको थियो ।

आज पनि अधिवक्ता गोबिन्द बन्दीले शुरुमै न्यायाधीश श्रेष्ठमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले लिखत माग गरेका छन् । रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट बहसमा आएका कानुन व्यवसायीले आइतबारको बहसको शुरुमै न्यायाधीश श्रेष्ठको सहभागिता यो मुद्दाका लागि संवैधानिक इजलासमा हुन नहुने भन्दै कुरा उठाएका थिए । कानुन व्यवसायी गोविन्द बन्दीले उक्त कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले लिखितमा आफ्ना धारणा दिन भनेका थिए । तर कानुन व्यवसायी नमानेपछि बहसका लागि समय दिइएको हो ।

बन्दीले पहिला पनि कुरा उठाएको र आज पनि सोही कुरा रहेको बताएका थिए । त्यसपछि प्रधानन्यायाधीश श्रेष्ठले कति जनाले उक्त विषयमा बहस गर्ने भनेर सोधेका थिए । जवाफमा बन्दीले ५ जना कानुन व्यवसायीले एक घण्टाभित्र बहस सक्ने बताएका थिए । त्यसपछि बहसको शुरुवात भएको छ ।

नेकपाको नामको मुद्दालाई लिएर ऋषि कट्टेलको मुद्दमा नमागेको विषयमा फैसला दिएको भन्दै प्रश्न उठेको हो । मागदाबीबेगर फैसला दिने न्यायाधीशमा कुमार रेग्मी र बमकुमार श्रेष्ठ थिए । फागुन २३ गतेको उक्त फैसलाले एमाले र माओवादीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्काएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७