अमेरिकाको टेनिसीमा सेस्नाको विमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु


१६ जेष्ठ २०७८, आईतवार
acb7968713bc687917d58e8a311914e3 w1000 h500 cp

काठमाडौं, १६ जेठ । अमेरिकाको टेनिसीमा एउटा सानो सेस्ना जेट विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ७ जनाको मृत्यु भएको छ । सेस्ना सी ५०१ विमान पर्सी प्रिस्ट तालमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ । उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७