सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति ताप्लेजुङ सरोकार केन्द्रको आपत्ती


१६ जेष्ठ २०७८, आईतवार
chitragupta sawa scaled

काठमाडौं, १६ जेठ : ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति ताप्लेजुङ सरोकार केन्द्रले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै सरोकार केन्द्रले आपत्ती जनाएको हो ।

सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले आइतबार विज्ञप्ति जारी गरेर सुकेटार विमानस्थलको नाम परिवर्तन आफूहरुलाई मान्य नहुने जनाएका छन् । आर्थिक वर्ष २०७÷०७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरणको घोषणा गरिएको थियो ।

केन्द्रका अध्यक्ष साँवाले रवीन्द्र अधिकारीप्रति आफूहरुको सम्मान रहे पनि स्थानीय र सरोकारवालाहरुको भावना विपरित भएको विमानस्थको नयाँ नामाकरणको घोषणा मान्य नहुने बताएका छन् । विज्ञप्तिमा भनेका छन्, ‘स्थानीय र सरोकारवालाको माग भएमा ऐतिहासिक र औचित्यताको आधार कुनै पनि ठाउँको नाम परिवर्तन गर्नु पर्ने हुनसक्छ । स्थानीयको माग पनि नभई, ऐतिहासिकतालाई ख्यालै नगरी स्वेच्छाचारी तरिकाले नाम फेर्ने कुराले समाजलाई भाड्ने मात्रै गर्छ ।’

Chitra

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७