सत्ताको नेतृत्वकै कारण संविधान र गणतन्त्र गुम्ने खतरा बढ्यो : अष्टलक्ष्मी शाक्य


१७ जेष्ठ २०७८, सोमबार

काठमाडौं, १७ जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संघीयता, लोकतन्त्र र संविधान कमजोर हुँदै गइरहेको टिप्पणी गरेकी छिन् ।

वागमती प्रदेशसभाको प्रि–बजेट छलफलमा बोल्दै शाक्यले भनिन्, ‘यतिबेला लोकतन्त्र, संघीयता बलियो हुनुपर्ने तर २०६२–०६३ मा हामीले लडेर ल्याएको लोकतन्त्र, संघीयता र गणतन्त्र कमजोर हुँदैछ ।’

उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै सत्तामा बसेकाबाट संविधान र गणतन्त्र गुम्ने खतरा रहेको बताइन् । ‘हामीले ल्याएको संविधानलाई अप्ठ्यारो नहोस्,’ शाक्य भन्छिन्, ‘आज त्यो अवस्था छैन । संविधान नै धुजा–धुजा पार्ने स्थिति छ । जनप्रतिनिधिको थलो प्रतिनिधिसभा गुमेको अवस्था छ । सत्तामा बसेकै नेतृत्वकै कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस् ।’

शाक्यले कोभिड नियन्त्रणमा वागमती प्रदेशलाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिइन् । ‘कोही पनि अब कोभिडबाट मृत्यु हुने अवस्था नहोस्,’ उनले भनिन्, ‘त्यसका लागि के–के गर्नुपर्ने हो, त्यो गरियोस् । कोभिडलाई नियन्त्रण गर्न वागमती प्रदेश उदारणीय होस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७