जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा


प्रकाशित मिति : October 12, 2017

काठमाडौं: जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणागैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी छन् । वर्तमान अध्यक्ष शेष घले पत्नी गुरुङले एनआरएनएलाई विश्वकै सफल संस्थाकोरुपमा स्थापित गर्न उम्मेदवारी घोषणा गरेको बताइन् ।

उनी वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् । आफूले उम्मेदवारी दिनेमा गैरआवासीय नेपालीहरुको माग र अपेक्षा पूरा गर्न, एनआरएनएका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोज नाहरुलाई समयसीमाभित्र सम्पन्न गर्नेलगायत उद्देश्य रहेको बताइन् ।

एनआरएनए अध्यक्षमा यसअघि नै वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार आठ सय प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्