सानिमा बैंकले मोबाइल बैकिङ्ग एपमा रेमिट्यान्स सेवा दिने


१८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं, १८ जेठ ।  सानिमा बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैकिङ्ग एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस९रेमिट्यान्स सेवा० मोबाइल बैकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ ।

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैकिङ्ग एपबाट पठाउन सक्ने पनि बैंकले जनाएको छ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको ‘सेन्ट रेमिट्यान्स’मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सकिनेछ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाइल बैकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरू मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७