२०७८ जेठ १९ गते बुधबारको तपाईको राशिफल


१९ जेष्ठ २०७८, बुधबार
rasifal

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
श्रमको उच्च मूल्यांकन हुनेछ । पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिने छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्ने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउने छन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिको चक्रमा अलमलिनु पर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थ शरीर लिएर काममा जुट्नु परे पनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । नियमित काम सम्पादन हुनेछन् तर कमजोर नतिजा सच्याउन काम पुनः गर्नु पर्ला । पहिलेका कामबाट सामान्य फाइदा भइरहनेछ । व्यापारमा फाइदा हुनेछ, सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति अनुकूल नदेखिए पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा यात्रा हुन सक्छ ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ । पढाइ लेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्ने छ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिने छ । परिबन्धले काममा बाधा पुर्‍याउन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनु पर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउने छ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिने छन् । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्ने छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिने छ । मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिने छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहने छ ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा वचन पुर्‍याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनु पर्ने हुन सक्छ । स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ । आजको कामले दिगो फाइदा हुनेछ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्दा लाभ हुनेछ । अध्ययनमा समय दिन नसकिएला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्ने छन् । आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ने छ । पहिलेको सफलताले थप हौसला जगाउने छ । विगतका कमी कमजोरीमा सुधार आउनेछ । प्रयत्न गरेको काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने छ ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिने छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नु पर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।

ज्यो. पण्डित–नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७