एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढाउने निर्णय


१९ जेष्ठ २०७८, बुधबार
icc q0vugKoOFi

काठमाडौं, १९ जेठ । एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एक दिवसीय विश्वकपमा १४ देश र टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पाउने निर्णय पारित गरेको हो ।

एक दिवसीय क्रिकेटको नियम सन् २०२७ र टी–ट्वेन्टीको नियम सन् २०२४ देखि नै लागु हुनेछ । आईसीसीको नयाँ नियमसँगै नेपाल जस्ता एसोसिएट देशले दुवै फर्म्याटका विश्वकप खेल्न पाउने सम्भावना बढेको छ । अहिले जम्मा १० देशले एक दिवसीय र १६ देशले मात्रै टी–ट्वेन्टी विश्वकप खेल्न पाउने नियम छ ।

यस्तै सन् २०१७ देखि रोकिएको च्याम्पियन्स ट्रफी पनि पुनः सुरु गर्ने आईसीसीले जनाएको छ । यस्तै हरेक दुई–दुई वर्षमा टेष्ट च्याम्पियनसिप हुने तालिका पनि पारित भएको छ । सन् २०२४ सम्म हुने एक दिवसीय र टी–ट्वेन्टी प्रतियोगितामा भने पुरानै नियम लागु हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७