मरेको मानिस फेरि ‘ज्यूँदो’ बनाउँदै अमेरिकी वैज्ञानिक !


१४ फाल्गुन २०७४, सोमबार
Death Body

अहिलेको विज्ञानको युगमा असम्भव कुरा पनि सम्भव भइरहेको छ । हिजो हामीले कल्पनासम्म नगरेको कुरा विज्ञानको चमत्कारकै कारण उपभोग गरिरहेका छन् । सुन्दा अपत्यारिलो लाग्ने यस्तै कुरामा अहिले अमेरिकाका वैज्ञानिक जुटिरहेका छन् । मरेको मानिसलाई पुनः ज्यूँदो बनाउने प्रयोगमा अमेरिकी वैज्ञानिकहरु जुटिरहेका छन् । वैज्ञानिकहरुका अनुसार एएटा यस्तो सिद्धान्त छ, जसको सहयोगले मरिसकेका मानिसलाई पनि पुनः ज्यूँदो बनाउन सकिन्छ ।Death Body

सन् १९६० मा वैज्ञानिकहरु लाशलाई पुनः जीवित बनाउने प्रयोगमा लागेका थिए । अहिले सोही समयको भिडियो सार्वजनिक भएपछि यस विषयमा पुनः चर्चा शुरु भएको छ । आखिर मानिसको मृत्युपछि उसलाई पुनः जीवित बनाउन सम्भव छ की छैन ? भन्ने विषयमा मानिसहरुका कौतुहलता बढिरहेको छ । सन् १९६० मा अमेरिकाको एरिजोनास्थित क्रायोनिक साइन्स सोसाइटीमा एक मेसिनको सहायताले यो डेमो भिडियो तयार पारिएको थियो ।

जसमा एएटा ट्युब जस्तो रेफ्रिजेरेटरमा मानव सरीरलाई संरक्षित राख्ने प्रक्रिया देखाइएको थियो ।
उक्त ट्युबमा मानिसको सरीरलाई आल्मुनियमको पत्रले छोपेर राखिएको बताइन्छ । यसबाट शरीर सधैका लागि पूर्णरुपमा सुरक्षित हुन्छ । यो प्रक्रियालाई क्रायोप्रिजर्भेसन भनिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७