प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्छ : नेता सिंह


२६ आश्विन २०७४, बिहीबार
प्रकाशमान सिंह prakasman sing

काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँले प्रदेशसभा र प्रतिनिधिसभाको पूर्वसन्ध्यामा बिहिबार आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणको आधार  सङ्घ र प्रदेशमा काँग्रेसको सरकार’ काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलामा काँग्रेसका नेता सिंहले प्रजातान्त्रिक प्रक्रियाले निरन्तरता पाए मात्र निर्वाचन निरन्तर रुपमा हुने र सबैले अवसर पाउने बताए ।प्रकाशमान सिंह prakasman sing

उनले साम्यवादी व्यवस्था नेपालमा लागू हुन नसक्ने बताए। “मुलुक लोकतान्त्रिक व्यवस्थाबाट अगाडि बढिरहेको बेला साम्यवादी व्यवस्था लागू हुन सक्दैन,” नेता सिंहले भने ।  नेता सिंहले २०७० सालको संविधानसभा निर्वाचनमा आठ क्षेत्र जितेको काँग्रेसले स्थानीय तहमा हार व्यहोर्नु दुःखद घटना भएको बताउँदै प्रजातन्त्रलाई संस्थागत गर्न काँग्रेसलाई जिताउन आवश्यक रहेको विचार व्यक्त गरे । काँग्रेस केन्द्रीय सदस्य एवम् सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले लोकतन्त्र रहेमात्र सबै जातजाति, भाषा, धर्म मान्ने व्यक्तिको अधिकार सुरक्षित हुने र लोकतन्त्रको स्थायित्वका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीमा दुःख गरेका व्यक्तिलाई नेतृत्वले उच्च मूल्याङ्कन गर्नुपर्ने बताए ।अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले मुलुकमा लोकतन्त्र प्राप्ति र संविधान निर्माणमा काँग्रेसले खेलेको भूमिका आम जनतामाझ लगेर जनताको मन जित्न जरुरी रहेको बताए।काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले स्थानीय तहको नतिजालाई आत्मसात् गरी प्रदेश र केन्द्रमा टिकट वितरण गर्नुपर्ने बताए ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले काँग्रेस एक ढिक्का भए वाम गठबन्धनले कुनै असर नगर्ने बताए। काँग्रेस जिल्ला सभापति सबुज बानियाँले टिकट पाउने व्यक्तिविरुद्ध टिकट नपाउने व्यक्तिको समूह लाग्ने प्रवृत्तिको अन्त्य नभएसम्म काँग्रेसले काठमाडौँमा जित्न नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७