कोरोना विरुद्ध लड्न फ्रान्सद्धारा नेपाललाई सहयोग


१९ जेष्ठ २०७८, बुधबार
france helps nepal

काठमाडौं, १९ जेठ । फ्रान्सले नेपाललाई कोरोना भाइरसविरूद्ध लड्न सात टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

फ्रान्सबाट कार्गो विमानमार्फत आएको सात टन स्वास्थ्य नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको हो ।

फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास भेन्टीलेटर सेट लगायतका सामाग्री आइपुगेको नेपालस्थित फ्रान्सको दूतावासले जनाएको छ ।

कार्यक्रममा मन्त्री त्रिपाठीले नेपाललाई प्राप्त भएको सहयोग सामाग्रीलाई कोरोना नियन्त्रणका लागी प्रभावकारी रुपमा सदुपयोग र बितरण गरिने जानकारी दिए । अहिले कोरोनाको तेश्रो लहर आउन संकेत देखिएकाले त्यसको तयारीमा सरकार लागिसकेको उनले बताए ।

त्यस्तै नेपालका लागि फ्रान्सका राजदूत लेगरले कोरोना महामारीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि नेपाललाई सहयोग गर्न तयार रहेको बताएको थियो । नेपाल–फ्रान्सबीच भएको द्विपक्षीय वार्तामा नेपालले सहायता मागेको थियो । युरोपेली संघको सिभिल प्रोटेक्सन मेकानिजममार्फत सहायता प्राप्त भएको हो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७