इजरायलमा नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्यको सम्भावना


२० जेष्ठ २०७८, बिहीबार
netanyahu

काठमाडौं, २० जेठ । इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत भएका छन् । मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबीच गठबन्धन बनाउने सहमति जुटेको छ ।

यसले इजराईलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुको १२ वर्षे शासन तत्कालका लागि अन्त्य हुने देखिएको छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन पनि नसकेपछि इजराईलमा पछिल्लो दुई वर्षमा चार पटक आम निर्वाचन भएको थियो ।

अहिले भने विपक्षी घटकहरुबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । जस अनुसार दक्षिणपन्थी यामिना पार्टीको नेता नफ्तालि बेनेट अब प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२३ को अगष्ट २७ सम्म प्रधानमन्त्रीको कुर्सीमा रहने छन् । त्यसपछि यश अतिद पार्टीका नेता यायर लेपिड प्रधानमन्त्री बन्ने छन् ।

नयाँ सहमतिबारे विपक्षी गठबन्धनले राष्ट्रपति रुभेन रिब्लीनलाई जानकारी गराएका छन् । अब संसदबाट विश्वासको मत प्राप्त गरेपछि बेनेटले प्रधानमन्त्री नेतेन्याहुलाई विस्थापन गर्नेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७