नेपाल भर्सेस चाइनिज (LIVE)


२० जेष्ठ २०७८, बिहीबार
nepal team


काठमाडौं, २० जेठ । विश्वकप छनोट अन्तर्गत नेपालले छैटौं चरणको खेलमा चाइनिज ताइपेइसँग खेलिरहेको छ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा भइरहेको हो।

१७ मिनेटको खेल भइरहदा नेपालले अग्रता लिएको छ । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट आक्रमणमा दुई परिवर्तन गरेका छन् । समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ। ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।

समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र घरेलु टिम कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। १२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५–५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन्।

नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।

नेपाल विरुद्ध चाइनिज ताइपेइ (LIVE)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७