२०७८ जेठ २१ गते शुक्रबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यमा समस्या आउनका साथै काम बिग्रन सक्छ, तर साँझमा केही शुभ र नयाँ समाचार पाइन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ कार्यको चर्चा चल्ने छ । धार्मिक र सांस्कृतिक सामाजिक कार्यमा सरिक हुने सम्भावना छ, तर स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन काट्न गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकायको भय रहला । कर्मक्षेत्र पनि संघर्षशील नै रहने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कुनै कुराले मनमा शान्ति मिल्ने छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन् । कार्य क्षेत्रमा सफलता मिल्ने छ । आफन्तहरूको सहयोग पाइने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा भने फाइदा हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा पनि चल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ काम र स्रोतहरू पत्ता लाग्ने छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कला र गलाको प्रभाव बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हातपर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । अधुरो काम पुनः प्रारम्भ हुन सक्छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल