कर्णाली प्रदेशको वर्षे अधिवेशन जेठ २४ मा, ३० अर्बको बजेट ल्याउने तयारी


२१ जेष्ठ २०७८, शुक्रबार

सुर्खेत, २१ जेठ । कर्णाली प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अधिवेशन यहि जेठ २४ का लागि अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यहीँ जेष्ठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन शुरु हुनेछ ।

हिजो (बिहीबार) बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेको थियो । भने प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

karnali OLtIAHWTN8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७