थपिने भन्दा निको हुने दोब्बर


२२ जेष्ठ २०७८, शनिबार
koronav 1

काठमाडौं, २२ जेठ । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको संख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४ औं दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको संख्या चार हजार ६२४ रहेको छ ।

हालसम्म पाँच लाख ८१ हजार ५६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा चार लाख ७६ हजार १३० जना निको भइसकेका छन् ।
३१ लाख २१ हजार १२० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले निको हुने दर ८१.९ प्रतिशत छ ।

यो दर अफगानिस्तान, भुटान, माल्दिभ्स् र श्रीलङ्काभन्दा बढी हो भने बङ्गलादेश, भारत र पाकिस्तानभन्दा कम हो । बङ्गलादेश र भारतको निको हुने दर ९२.५ र पाकिस्तानको ९१.८ प्रतिशत छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७