मन्त्रिपरिषद पुनर्गठन ‘फैसला’ सम्मको ‘घाम–छाँया’ : कांग्रेस प्रवक्ता शर्मा


२२ जेष्ठ २०७८, शनिबार
bishwo prakash sharma
फाइल फोटो

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुनर्गठित मन्त्रिपरिषद् दुई–चार दिनको घाम–छाँया मात्र भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्री नियुक्ति गरे लगत्तै शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले ती पद सर्वाेच्च अदालतबाट फैसला नआउञ्जेलका लागि मात्रै भएको बताएका छन् ।

‘पुनर्गठनमा टिप्पणी– प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा कलेजोमा छ क्यान्सर, बूढी औंलामा सिवाजल गोली,’ कांग्रेस प्रवक्ता शर्माले लेखेका छन्, ‘समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु । ‘फैसला’ सम्मलाई दुई चार–दिनको घाम–छाँया ।’

प्रतिनिधि सभा पुनः स्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्ने माग गर्दै देउवा समेत १४६ सांसदले सर्वाेच्च अदादलतमा हालेको मुद्दामा बहस जारी छ । साथै संसद् विघटनविरुद्ध अन्यले दर्ता गराएका २५ रिट पनि विचाराधीन छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७