कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर


२२ जेष्ठ २०७८, शनिबार
naka 1

काठमाडौं, २२ जेठ । सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन् । त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन् । नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो ।

‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ । कुनै दिन त आउनेभन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने । जेठ ११ यता भारतबाट फर्किनेको संख्या ६ हजार ५ सय ५७ रहेकोमा भारत पस्नेको संख्या त्यसको केही कम ६ हजार २ सय छ । जबकि त्यसअघिको पाँच दिनको मात्रै तथ्यांक (जेठ ५ गतेदेखि १० गतेसम्म) नेपाल फर्किनेको संख्या ३ हजार ८ सय ८१ थियो । १ हजार ६ सय ५४ जना मात्रै भारत गएका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७