श्रीदेवीको मृत्युको रहस्य खुल्यो, यस्तो रहेछ कारण


१४ फाल्गुन २०७४, सोमबार
2105845878sridevi

बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्युको फोरेन्सिक रिपोर्ट सोमबार सार्वजनिक भएको छ । जसमा उनको निधन हृदयाघातका कारण नभई पानीमा डुबेर भएको देखिएको छ । 2105845878sridevi

यसको जानकारी दुबईबाट प्रकाशित समाचार एजेन्सी एएनआईले दिएको हो । फोरेन्सिक रिपोर्टको औपचारिक रिपोर्ट घर परिवारलाई सुम्पिसकेको बताइएको छ। तर, परिवारले यसको आधिकारिक जानकारी दिएका छैनन् । पहिले उनको निधन ‘सडेन कार्डियाक एरेस्ट’ का कारण भएको बताइएको थियो । श्रीदेवीको अन्त्येष्टि सोमबार राति नै मुम्बईमा गर्ने बताइएको छ । कानुनी प्रक्रियामा समय लागेपछि उनको पार्थिव शरीरलाई भारत ल्याउन ढिलो भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७