भारतमा एकै दिन साढे ३७ लाखलाई कोरोनाको खोप, १४ लाखमा झरे संक्रमित


२३ जेष्ठ २०७८, आईतवार
korona india 4

नयाँदिल्ली, २३ जेठ । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २२ करोड, ७८ लाख ६० हजार ३१७ जनाले खोप लगाएका छन् ।

शनिबार ३७ लाख ५० हजार ८६९ जनाले खोप लगाएका छन् । शुक्रबार एकैदिन ३० लाख ६५ हजार ७५५ जनाले खोप लगाएका थिए । बिहीबार २४ लाख ९७ हजार २६ जनालाई खोप लगाइएको थियो । खोप लगाएकामध्ये कुल जनसंख्याको ३।४ प्रतिशतले दुवै डोज लगाए भने १३।७ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शनिबार १ लाख ८९ हजार ८९ जनालाई निको भएको छ । शुक्रबार १ लाख ९७ हजार ३७१ जनालाई निको भएको थियो । बिहीबार २ लाख ५ हजार ७७१ जनालाई निको भएको थियो ।

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ६९ लाख ७६ हजार ६११ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । शनिबार १ लाख १४ हजार ४१५ जना संक्रमित थपिएका छन् । शुक्रबार १ लाख २० हजार ३३२ जना संक्रमित थपिएका थिए । बिहीबार १ लाख ३१ हजार २८० जना संक्रमित थपिएका थिए ।

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८८ लाख ८ हजार ३७२ जना संक्रमित पुगेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७