प्रदेश–२ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन


२३ जेष्ठ २०७८, आईतवार
lalbabu raut kJekv9JfPv

काठमाडौं, २३ जेठ । प्रदेश–२ मा जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् । आज (आइतबार) बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री समेत रहेका राउतलाई संसदीय दलको नेता चयन गरेको हो । उनलाई बहुमतले संसदीय दलको नेता चयन गरिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन् ।

संसदीय दलमा चयनसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइने भएको छ । यससँगै प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने सम्भावना बढेको छ । संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी एकीकरण भए पनि प्रदेश–२ मा संसदीय दल एकीकरण भएको थिएन । दुवै संसदीय दललाई एकीकरण गरी आज संसदीय दलको नेता चयन गरिएको ति सांसदले बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा संसदीय दलको बैठक बसेको हो । जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएपछि यादव पक्षले प्रदेश–२ मा आफ्नो पक्षका राउतलाई संसदीय दलको नेता चयन गरेको हो ।
प्रदेश–२ मा तत्कालीन संघीय समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद थिए । राजपाका केही सांसद पनि आजको बैठकमा सहभागी भएको ती सांसदले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७