चर्चित भारतीय अभिनेता दिलिप कुमार अस्वस्थ, अस्पताल भर्ना


२३ जेष्ठ २०७८, आईतवार
067d642c6ecf76aecd2f36750ad4fab1 w1000 h500 cp

मुम्बई, २३ जेठ । चर्चित भारतीय अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

उनलाई आइतबार बिहानै साढे ८ बजे मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । ९८ वर्षका उनलाई सास फेर्न निकै गाह्रो भएको बताइएको छ । कोरोना भाइरसका कारण भने उनलाई अस्पताल लगिएको होइन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७