माओवादी केन्द्रद्वारा प्रदेश–१ सरकारलाई दिएको समर्थन फिर्ता


२३ जेष्ठ २०७८, आईतवार
sherdhan rai indra angbo

विराटनगर, २३ जेठ । माओवादी केन्द्रले प्रदेश–१ सरकारलार्य दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश–१ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन उपयुक्त नभएकोले मुख्यमन्त्री र प्रदेश–१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७ चैत १६ गतेको निर्णयले दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकारअनुसार समर्थन फिर्ता लिएको आङ्बोले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७