अध्यक्षको विज्ञप्तिले शिर्ष नेतृत्ववीच सार्थक संवादको बाटो खुल्यो : योगेश भट्टराई


२३ जेष्ठ २०७८, आईतवार
yogesh bhatatrai scaled

काठमाडौं, २३ जेठ : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले अध्यक्ष केपी ओलीले एकताको लागि गरेको एकता आह्वान सहितको वक्तव्यले शिर्ष नेतृत्ववीच सार्थक संवादको बाटो खुलेको बताएका छन् । एमाले ओलीले पार्टीलाई ३ जेठ ०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने घोषणा गरे लगत्तै सचिव भट्टराईले एकताको लागि संवादको बाटो खुलेको बताएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सारमा अध्यक्षको वक्तव्यले शिर्ष नेतृत्वबीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै सुरु हुन्छ ।’

एकता आह्वान मुलत सकारात्मक रहेको उनको भनाई छ । भट्टराईले भनेका छन्, ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्यमार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ।’

पार्टीका जिम्मेवार नेताहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुर्ने थप विषयलाई समाधान गर्ने उनको भनाई छ । ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्यमार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ। पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुर्ने थप विषयलाई समाधान गर्नेछ। सर्वोच्चमा विचाराधिन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ’, उनले भनेका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमाले ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएको घोषणा गरेका । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले पार्टीका मातहतका कमिटी र जनसंगठनहरू पनि मूलभूत रूपमा ३ जेठपूर्वको अवस्थाबाट क्रियाशील बनाउने घोषणा गरेका हुन् ।

तर त्यसको लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको शर्त छ । यस विषयमा चहि संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु पर्ने सचिव भट्टराईको मत छ । भनेका छन्, ‘सर्वोच्चमा विचाराधिन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७