नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान


२४ जेष्ठ २०७८, सोमबार
share market skoa3RAFvX

काठमाडौं, २४ जेठ । सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९ सयको बिन्दु पार गर्दै अलटाइम हाइ रेकर्ड बनाई बजारमा १७ अर्ब २७ करोड बढीको कारोबार भएको हो ।

यसअघि गत जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । आइतबार नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ । यसका साथै वाणिज्य बैंकसँगै अरू समूहमा पनि मूल्य बढ्ने र करेक्सन आउने क्रम जारी छ ।

आइतबार कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ ।

दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ सर्किट ब्रेक लाग्ने तहसम्म वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ ।

नेप्से सूचक ५० दशमलव १३ अंक बढेर २ हजार ९०६ दशमलव ८९ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस दिन २ सय १८ कम्पनीको १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँबराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर कारोबार भएका छन् ।

आइतबारको कारोबार रकम र सूचक दुवैमा नयाँ कीर्तिमान कायम गरेको बजारमा बैंक, अन्य र लगानी क्षेत्रमा रौनकता देखिएको छ । लामो समयदेखि बैंकहरूको मूल्य वृद्धि हुन नसकेको बजारमा आइतबार लगानीकर्ताको ध्यान मोडिएको छ । बैंक तथा वित्तीय समूहहरूमा चमक आउन थालेसँगै सेयर कारोबार रकममा थप तेजी आएको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७