प्रदेश–२ सरकारमा कांग्रेस र माओवादी आजै सहभागी हुँदै

कांग्रेसले माग्यो सभामुखसहित ५० प्रतिशत मन्त्रालय


२४ जेष्ठ २०७८, सोमबार
lalbabu raut kJekv9JfPv

जनकपुरधाम, २४ जेठ । प्रदेश–२ को सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आजै (सोमबार) सहभागी हुने तयारी गरेका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले सकेसम्म आज साँझसम्म कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

राउत नेतृत्वको प्रदेश–२ सरकारले सत्ता साझेदारीको लागि नेपाली कांग्रेससँग पहिलो चरणको वार्ता गरेको छ । सोमबार बिहान मन्त्रिमण्डल पुनर्गठन र सत्ता साझेदारीको लागि दुवै पक्षबीच पहिलो चरणको वार्ता भएको र बेलुका अन्तिम चरणको बैठक बसेर मन्त्रालय बाँडफाड गर्ने तयारी गरिएको जनाइएको छ ।

महन्थ ठाकुर पक्षधर मन्त्री तथा राज्यमन्त्री राति हटाए लगत्तै कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराइ मन्त्रिमण्डल पुनर्गठनका लागि जनता समाजवादी पार्टीले छलफल अघि बढाइएको जनाएको छ । कांगे्रससँगको बैठक सकेर जनता समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पनि छलफल गर्ने तयारी गरेको छ । मन्त्रालय फुटाएर पनि दुवै पक्षलाई सरकारमा समेट्ने तयारी छ ।

बैठकमा प्रदेश सरकारका तर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह र कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, सांसदहरू शिवचन्द्र चौधरी र विरेन्द्र सिंहबीच छलफल भएको हो ।

बैठकमा कांग्रेसले तत्कालीन राजपासँग भएको गठबन्धनकै मोडलअनुसार ५० प्रतिशत मन्त्रालय माग गरेको छ । कांग्रेसको यसअघिको माग मुख्यमन्त्री नै थियो । तर मुख्यमन्त्री नपाउने भएपछि आधा मन्त्रालयको दाबी गरेको स्रोतले जनाएको छ । त्यसैगरी माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिने चर्चा छ । यद्दपी त्यसबारे टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७