मोदीलाई खोप आग्रह गर्दै ओलीले भने–नेपाल सुरक्षित नभई भारत पनि जोगिंदैन

‘नेपाल भारतबीचको सम्बन्ध चिली र अर्जेन्टिनाको जस्तो होइन’


२४ जेष्ठ २०७८, सोमबार
Kp oli meet Modi 20190601005133

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोना महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् ।

बीबीसी हिन्दीलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोना भाइरस महामारी नियन्त्रण हुन नसक्ने बताए ।

नेपाल भारतबीचको सम्बन्ध चिली र अर्जेन्टिनासँगको जस्तो होइन भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुबै मुलुकबीच खुला सीमाना छ । बोर्डर शिल गरे पनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।’

bce02ee6 3008 40c2 a666 f3697ec7548f

नेपाल र भारतबीचको सम्बन्ध अरु देशको जस्तो नभएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आग्रह गर्दै भने, ‘खुला सीमानासहितको छिमेकी र मित्र राष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देश जस्तो व्यवहार गर्नु हुँदैन । यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’

महामारीमा के चीनले नेपाललाई बढी सहयोग गरिराखेको छ ? भन्ने प्रश्नमा दुबै छिमेकीले महामारीका समयमा सघाइरहेको भन्दै ओलीले भने, ‘यो समयमा राजनीतिलाई बीचमा ल्याउनु हुन्न । यो खोपको मामिला हो, यसबारे राजनीति गर्नु जरुरी छैन । दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् । यसका लागि म धन्यवाद दिन चाहन्छु ।’

भारतसँगको गलत बुझाइ र असमझदारी हटेको भन्दै उनले विगतको अँध्यारोमा अल्झिएर होइन चम्किलो भविष्यलाई पछ्याउँदै अघि बढ्नु जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७