ओलीले मेरा कारण एकता विफल भएको भन्नु झुठ र भ्रामक : प्रचण्ड


२४ जेष्ठ २०७८, सोमबार
Prachanda

काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कारण नेकपा एकताको प्रयास सफल नभएको भन्ने आरोप भ्रामक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जारी गरेको वक्तव्यमा प्रचण्डका कारण एकतको प्रयास सफल नभएको उल्लेख छ । प्रचण्डले ओलीको उक्त भनाइ षड्यन्त्रपूर्ण भएको भन्दै त्यसको निन्दा पनि गरेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७