नेपाल भर्सेस जोर्डन (LIVE)


२४ जेष्ठ २०७८, सोमबार
nepvsjordan

काठमाडौं, २५ जेठ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ।

खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको टिममा खेलेका तीन खेलाडी परिवर्तन गरेको छ। कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति पौने १० बजे हुने खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ खेलाडी परिवर्तन गरेका हुन्।

खेलका लागि डिफेन्डर विकास खवास र दिनेश राजवंशी टिममा छन्। यस्तै फरवार्डमा अभिषेक रिजाल पनि पहिलो रोजाइमा अटाएका छन्। सुमन अर्याल मिडफिल्डमा तानिएका छन्।

अघिल्लो खेलमा पहिलो रोजाइमा रहेका डिफेन्डर गौतम श्रेष्ठसहित सुनील बल र आशिष लामा बैकल्पिक खेलाडीमा छन्। फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ।


खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको टिममा खेलेका तीन खेलाडी परिवर्तन गरेको छ। खेलका लागि डिफेन्डर विकास खवास र दिनेश राजवंशी टिममा छन्। यस्तै फरवार्डमा अभिषेक रिजाल पनि पहिलो रोजाइमा अटाएका छन्। सुमन अर्याल मिडफिल्डमा तानिएका छन्।

अघिल्लो खेलमा पहिलो रोजाइमा रहेका डिफेन्डर गौतम श्रेष्ठसहित सुनील बल र आशिष लामा बैकल्पिक खेलाडीमा छन्।

LIVE

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७