भारतका बालबालिकामा कोरोनाविरुद्ध कोभाक्सिन खोपको परीक्षण शुरु


२५ जेष्ठ २०७८, मंगलवार
9a766b9e8f0d31eea593f898f7c54d82 w1000 h500 cp

नयाँदिल्ली, २५ जेठ । भारतमा बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोपको परीक्षण शुरु भएको छ । राजधानी नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको कोभाक्सिन खोपको क्लिनिकल परीक्षण शुरु गरेको हो ।

दुईदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने अधिकारीहरुले जनाएका छन् । ‘कोभाक्सिन खोप बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको छ,’ एम्सका एक अधिकारीले भने, ‘परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त देखिएमा खोपलाई आमरुपमा प्रयोगमा ल्याइने छ ।’

भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति प्रदान गरेको थियो । कोभ्याक्सिन बालबालिकाहरुका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बालबालिकाहरुलाई यस अघि नै परीक्षण गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७