मन्त्रिमण्डल विस्तारविरुद्धका रिटमा आज पहिलो सुनुवाइ हुँदै


२५ जेष्ठ २०७८, मंगलवार
sarbochha 1

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डल विस्तार बदर माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि आज (मंगलबार) पहिलो सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले कामचलाउ प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिमण्डल विस्तारविरुद्ध सर्वोच्चमा रिटमा दिएका थिए ।

कामचलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्नु संविधान विपरीत भएको दाबी रिटमा गरिएको छ । नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमै गैरसंवैधानिक र कपटपूर्ण भएको रिटमा उल्लेख छ । निवेदकको दाबीअनुसार मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको धारा २, ७४, ७७ (ग) र धारा ७७ (३) को प्रतिकूल छ ।

पछिल्लो पटक गरिएको मन्त्रिपरिषद् विस्तार बदरको माग रिटमा गरिएको छ । साथै, दैनिक कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नलिनू भन्ने अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७