डीभीमार्फत अमेरिका पुगेका भरतराज ओलीको मृत्यु


२५ जेष्ठ २०७८, मंगलवार
oli dead MNnzk5acnc

काठमाडौं, २५ जेठ । डीभी चिट्ठाबाट अमेरिका पुगेका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्रावबाट ज्यान गएको छ ।

गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरेता पनि उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको हो ।

ओली सन् २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (ईडिभी भिसा) मार्फत अमेरिका पुगेका थिए । उनी दाङ्गका हुन् । नेपालमा उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अनुसार ओली परिवारमा आयआर्जन गर्ने उनी एक मात्र सदस्य थिए ।

उत्तर क्यारोलाइनाको सामुदायिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा उनको अन्त्येष्टि खर्च जुटाउन गो फण्ड सञ्चालनमा ल्याइएको छ ।

संस्थाले मृतक ओलीको दाह संस्कार तथा नेपालमा रहेका परिवारका लागि सहयोग गर्न गोफन्ड मी आह्वान गरेको हो । गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता सञ्चालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भइसकेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७