लागुऔषधसहित दुई युवती र एक युवक पक्राउ


२५ जेष्ठ २०७८, मंगलवार
dhangadhi taskari

कैलाली, २५ जेठ । कैलालीमा लागुऔषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीय लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाईट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजु समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अवैध काठसहित थप एक पक्राउ

प्रहरीले अवैध काठसहित थप एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको टोलीले जोशीपुर गाउँपालिका–३ बाट घरमा ट्याक्टरमा लोड गरेर राखेको अवस्थामा स्थानीय हरीलाल चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको घरबाट दुई गोलिया सालको अवैध काठ बरामद गरिएको छ भने चौधरीलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय भजनीमा बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७