सुदूर पश्चिम : विश्वासको मतका लागि मतदान शुरु


२५ जेष्ठ २०७८, मंगलवार
sudur pashim XuPZDlsME1

धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मागेको विश्वासको मतको पक्ष–विपक्षमा मतदान शुरु भएको छ । मंगलबार प्रदेशसभा बैठकमा मतदान शुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा ५२ सदस्य रहेका छन् । मुख्यन्त्रीलाई विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । सभामुखले मुख्यमन्त्री भट्टले पेश गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गरेका छन् । यससँगै मतविभाजनको प्रक्रिया शुरु भएको छ ।

मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय गरिसकेका छन् भने कांग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने जनाएको छ ।अहिले प्रदेशसभामा नेकपा (एमाले) का सभामुख बाहेक २४, नेकपा (माओवादी केन्द्र) का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७