बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ


२५ जेष्ठ २०७८, मंगलवार
atm

उदयपुर, २५ जेठ । उदयपुरमा नबिल बैंकको एटीएम तोडफोड गर्दागर्दै एक जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेशिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत, मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो । तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७